Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रहरीको थप्पड काण्ड

थानकोटको 'थप्पड काण्ड' ले दुवै प्रहरीमाथि केरकार

थानकोटको 'थप्पड काण्ड' ले दुवै प्रहरीमाथि केरकार

कुटपिट गर्ने ट्राफिक प्रहरीका इन्स्पेक्टर र कुटाइ खाने जनपद प्रहरीका जवानलाई जिम्मेवारीबाट हटाइएको हो ।

  • काठमाडौं । काठमाडौंको नागढुङ्गामा कुट्ने र कुटिने दुवै प्रहरीको जिम्मेवारी खोसिएको छ । कुटपिट गर्ने ट्राफिक प्रहरीका इन्स्पेक्टर र कुटाइ खाने जनपद प्रहरीका जवानलाई जिम्मेवारीबाट हटाइएको हो ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइएको जानकारी दिएकाे हाे ।

    AGNI GROUP

    कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुटपिट भएको सार्वजनिक भिडिओ तथा समाचारका सम्बन्धमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । सो कार्यमा संलग्न देखिएका प्रहरी कर्मचारीहरूलाई हालको जिम्मेवारीबाट हटाई आवश्यक छानबिन भइरहेको व्यहोरा जानकारी गराइन्छ ।’

    केही समयअघि थानकोट नाकामा खटिएका ट्राफिक प्रहरीका एक इन्सपेक्टरले प्रहरी वृत्त थानकोटका एक जवानलाई थप्पड हानेको भिडिओ हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

    घटना कहिलेको हो भन्ने यकिन भइसकेको छैन । प्रहरीले यसबारे आन्तरिक छानबिन गरिरहेको छ ।

    कार्यालयले घटनामा संलग्न इन्सपेक्टर र प्रहरी जवान दुवैलाई सोधपुछका लागि बोलाएको छ । तर, उनीहरूको परिचय भने खुलाइएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट