Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

शताब्दी पुरुष सत्यमोहन जोशी

चिरीवाबुको अड्डाभित्र सत्यमोहन !

चिरीवाबुको अड्डाभित्र सत्यमोहन !

ललितपुर महानगरपालिकाले निर्माण गरेको शताब्दी पुरुष सत्यमोहन जोशीको शालिक अनावरण

  • ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शताब्दी पुरुष सत्यमोहन जोशी मुलुककै गहना भएको बताएका छन् ।

    images
    images
    images

    ललितपुर महानगरपालिकाले निर्माण गरेको शताब्दी पुरुष सत्यमोहन जोशीको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले ललितपुर महानगरपालिका शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा कुनै पनि काम गर्न पछाडि नपर्ने बताएका हुन् ।

    images

    उनले भने, ‘शताब्दी पुरुष सत्यमोहन जोशी मुलुककै गहना हुन् । सत्यमोहन जोशी ललितपुर महानगरपालिकाकामा जन्मिनु हाम्रो लागि सौभाग्य हो । ललितपुर महानगरपालिका शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा कुनै पनि काम गर्न पछाडि पर्दैन । सत्यमोहन जोशीको नाममा कुनै  पनि काम कुरो गर्दा हामी सदा सर्वदा तयार  छौं ।  यसमा घरपरिवारको पनि सहयोग चाहिन्छ । घरपरिवारको सहयोग बिना  कुनै  पनि काम गर्न  हामी सक्दैनौं ।’

    साथै उनले ललितपुर महानगरपालिकाले मुलुकमै पहिलो हुने गरि धेरै कार्यहरु गर्दै आइरहेको बताए ।

    images

    उनले भने, ‘ललितपुर महानगरपालिका धेरै कुरामा अग्रसर भएर मुलुकमै पहिलो हुने धेरै कार्यहरु गर्दै आइरहेको छ । ललितपुर महानगरपलिका सत्यमोहन जोशीको जिवित अवस्थामै उहाँको १० रुपैयाँको हुलाक टिकट निकाल्नमा समेत सफल भयो । तर ललितपुर महानगरपालिकाको एउटा नागरिक भएको नाताले हामी ललितपुर महानगरपालिका ज्याँदै नै खुसी छौं ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij