
May 06 2025 | २०८२, वैशाख २३ गते
काठमाडौं । मकवानपुर प्रहरीले साेमबार लागुऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेकाे छ ।
३० किलो गाँजासहित राप्ती नगरपालिका–८ खुरखुरे चितवन बस्ने ३० वर्षीया लालमाया तामाङलाई हेटौंडा–१० बसपार्कबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
हेटौँडा बसपार्कबाट वीरगञ्जतर्फ जान रोकिराखेको बा.प्र. ०३–०१ ज. ९७४ नम्बरको ईभी गाडीमा सवार भई आएकी तामाङको साथबाट उक्त गाँजा बरामद गरिएको हो ।
गाडीको छतमा राखिएको जेब्रा झोलाभित्र राखिएको तीन वटा पाकेटामा ३० किलो गाँजा फेला परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij