Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

देशभर एनएमबि बैंकको ‘हेरिटेज वाक’

देशभर एनएमबि बैंकको ‘हेरिटेज वाक’

  • काठमाडौं । एनएमबि बैंकले ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न गरेको छ । गठ्ठाघर शाखाबाट शुरू भई शंखधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै बोडेको महालक्ष्मी मन्दिरसम्म कार्यक्रम सम्पन्न गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    समृद्ध नेपालको अपार सम्भावनासहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्द्धन तथा साक्षरता अभिवृद्धि उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

    AGNI GROUP

    एनएमबि बैंक लिमिटेडले नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा बैंकका कर्मचारी, मध्यपुर थिमि नगरपालिकाका कर्मचारी, नेपाल हेरिटेज सोसाइटीका सदस्य तथा सर्वसाधारण गरी लगभग ७ सयजना वाकमा सहभागी थिए । मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ प्रमुख अतिथि रहेको रहेको कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सम्पदा तथा वातावरण संरक्षणको लागि नेपाल हेरिटेज सोसाइटीलाइ ५ लाखको सहयोग साथै मध्यपुर थिमि नगरपालिकाकालाई डस्टविन हस्तान्तरण गरिएको छ ।

    बैंकले कोशी प्रदेशमा पूर्व बस स्ट्यान्डदेखि पाउ पाथिभरा मन्दिर झापासम्म, मधेशमा वीरगञ्ज शाखादेखि सन्कराचार्य गेटसम्म, चितवनमा लायन्स चोकदेखि हरिहर मन्दिरसम्म, गण्डकी प्रदेशमा लेकसाइड शाखादेखि राम मन्दिर बिरौटासम्म, लुम्बिनीमा भल्वारी शाखादेखि मोक्ष धाम सेवा आश्रमसम्म, कर्णाली वीरेन्द्रनगर शाखादेखि काक्रेविहार मन्दिरसम्म र सुदूरपश्चिम प्रदेशमा ग्रीन गोदावरी रिसोर्टदेखि गोदावरी शिव मन्दिरसम्म हेरिटेज वाक सम्पन्न गरेको छ ।

    एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८६ एटीएम, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट