
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । कोरोनाभाइरस कोभिड—१९ विरुद्धको खोप अभियान बुधबार अर्थात आजबाट देशभर सुभारम्भ हुँदैछ । बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिशिल्ड खोपको महाअभियान भर्चुअल माध्यमबाट उद्घाटन गरेपछि देशभर एकैसाथ सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभरका ६२ अस्पताल र १ सय २० वटा खोपकेन्द्रबाट खोप अभियान सुरु हुँदैछ । काठमाडौं उपत्यकामा कोरोनाविरुद्धको कोभिशिल्ड खोप १७ खोपकेन्द्रबाट दिइदैं छ । कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका औषधि उत्पादक कम्पनीले सयुक्त रुपमा भारतमा सेरम इस्सिच्युटमार्फत उत्पादन गरेको हो । भारत सरकारको अनुदान सहयोगमा माघ ८ गते कोभिशिल्डको १० लाख खुराक (डोज) खोप नेपालले प्राप्त गरेको हो ।
सरकारले अनुुदान सहयोगमा आएको कोभिशिल्ड खोप पहिलो चरणमा ३ प्रतिशत फ्रन्लाइनरलाई दिने योजना बनाएको हो । पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने व्यक्ति तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारमा संलग्न फ्रन्टलाइनर वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेश सीमा नाकामा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij