
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले भोलि शनिबार दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने गरी दलको बैठक बोलाएका हुन् ।
बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारे छलफल हुने बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij