
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । हिजो पार्टी एकीकरण घोषणा स्थलबाटै रेशम चौधरी पक्राउ परेपछि स्थगित भएको जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको एकता अनिश्चित भएको छ । सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टको अनधिकृत पत्रपछि पक्राउ परेका चौधरी हिजै रिहा भए पनि दुई पार्टीबीचको एकता भने अनिश्चित बनेको हो ।
चौधरी पक्राउ परेको घटनाको समीक्षा गरेपछि मात्रै एकता घोषणाको मिति तय हुने नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले बताउनुभयो ।
हिजो चौधरी छुटेपछि भएको छलफलले एकीकरण घोषणा हुनै लाग्दा भएको घटनालाई सामान्य रूपमा लिन नसकिने भएकोले त्यसलाई थप समीक्षा आवश्यक रहेको निष्कर्ष निकालेको उहाँले बताउनुभयो ।
राज्यशक्ति नै एकता भाँड्ने अभियानमा लागिरहेको उनीहरूले दाबी गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij