Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

नेपालमा कोरोना अपडेट : २४ घण्टामा थप ३०३ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

नेपालमा कोरोना अपडेट : २४ घण्टामा थप ३०३ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ हजार १७ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २८५ रहेको छ ।

    योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६४ हजार ८२३ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार २५२ रहेको छ ।

    अहिलेसम्म नेपालमा २० लाख ५२ हजार ६८७ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १२२ रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij