Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर तथा पदस्थापना गरेको छ।
सहसचिव रामकृष्ण अधिकारीलाई तनहुँको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालाई रामेछाप सरुवा गरिएको छ।
रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई गृह मन्त्रालय तानिएको छ।
मन्त्रालयमा रहेका बद्रिनाथ गैह्रेलाई जिल्ला प्रशासन कार्यालय दैलेख पठाउँदा दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैशीलाई मन्त्रालय तानिएको छ।
गृह मन्त्रालयका सहसचिव बन्धुप्रसाद बास्तोलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कामकाजका लागि पठाइएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij