Logo

Apr 28 2025 | २०८२, वैशाख १५ गते

Apr 28 2025 | २०८२, वैशाख १५ गते

दुर्घटना

अनियन्त्रिण यात्रुबाहक बस, दुई जनाको मृत्यु

अनियन्त्रिण यात्रुबाहक बस, दुई जनाको मृत्यु

बस दुर्घटनामा दुुईको मृत्यु, २४ बढी घाइते

  • काठमाडौं । सप्तरीमा यात्रुबाहक बस अनियन्त्रिण भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । २४ बढी यात्री घाइते भएका छन् । मृत्यु हुनेमा सप्तरीको सप्तीकोशी नगरपालिका–१ बस्ने ७५ वर्षीय रत्नबहादुर मगराती छन् । अर्का एक महिलाको पहिचान खुलेको छैन।

    images
    images
    images

    पूर्व–पश्चिम राजमार्ग अन्तर्गत आइतबार मध्याह्न १२ बजेतिर सप्तरीको कञ्चनरुप नगरपालिका १० बदगामा उदयपुरबाट विराटनगर तर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३४२० नम्बरको यात्रुबाहक बस आफैं अनियन्त्रित भएर पल्टेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। डिएसपी काफलेका अनुसार मृत्यु भएका दुवैजना च्यापिएर गम्भीर घएका थिए । दुवै जनाको विराटनगरको मोडेल अस्पतालमा उपचारको क्रममा भएको हो ।

    गम्भीर, मध्यम र समान्य गरी दुई दर्जन यात्रु घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको डिएसपी काफ्लेले बताए । बसमा ३५ जना सवार रहेका थिए । बस चालक झापाको मेचिनगर नगरपालिका ७ का ४७ वर्षीय अमृत दर्जी र बसलाई इलाका प्रहरी कार्यालय कचनपुरको नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij