Logo

Apr 26 2025 | २०८२, वैशाख १३ गते

Apr 26 2025 | २०८२, वैशाख १३ गते

अमेरिकाद्वारा एमसिसी कार्यक्रम बन्द

अमेरिकाद्वारा एमसिसी कार्यक्रम बन्द

  • काठमाडौं । अमेरिकी सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन अन्तर्गत एलन मस्कको नेतृत्वमा रहेको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी (डिओजिइ) ले यो निर्णय गरेको हो ।

    images
    images
    images

    एमसिसी सन् २००४ मा राष्ट्रपति जर्ज डब्ल्यु बुसको कार्यकालमा स्थापना गरिएको थियो, जसको उद्देश्य विश्वव्यापी गरिबी घटाउने र आर्थिक विकास प्रवर्द्धन गर्ने थियो। हालसम्म एमसीसीले वार्षिक करिब ९०० मिलियन अमेरिकी डलरको बजेटमा विभिन्न विकास परियोजनाहरू सञ्चालन गर्दै आएको थियो ।

    डिओजिइले एमसीसीका सबै कार्यक्रमहरू बन्द गर्ने निर्णय गरेको छ, यद्यपि मंगोलिया, सेनेगल, नेपाल र आइभोरी कोस्टमा जारी केही पूर्वाधार परियोजनाहरूलाई अस्थायी रूपमा जारी राखिनेछ । एमसीसीका करिब ३०० कर्मचारीलाई अप्रिल २९ भित्र स्वैच्छिक अवकाश, सेप्टेम्बरसम्म तलबसहितको राजीनामा, वा प्रशासनिक बिदाको विकल्प रोज्न भनिएको छ ।

    नेपालमा एमसिसी अन्तर्गतको ५०० मिलियन डलरको अनुदान परियोजना, जसमा ४०० केभी विद्युत् प्रसारण लाइन र सडक सुधार कार्यहरू समावेश छन्, पनि प्रभावित भएको छ ।

    अमेरिकी राष्ट्रपति ट्रम्पको जनवरी २०, २०२५ मा जारी कार्यकारी आदेशअनुसार, नेपालमा सञ्चालित एमसिसी परियोजनाहरू ९० दिनका लागि स्थगित गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij