Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपालमा भोलिबाट कोरोना विरुद्धको भ्याक्सिन शुरु हुँदै, पहिलो खोप कस्लाई लगाइन्छ ?

नेपालमा भोलिबाट कोरोना विरुद्धको भ्याक्सिन शुरु हुँदै, पहिलो खोप कस्लाई लगाइन्छ ?

  • काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप भोलिबाट लगाउन शुरु हुँदैछ । माघ १४ गते बुधवारबाट शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट खोप अभियान शुरु गर्न लागिएको हो ।

    onlinepatrika
    Arghakhachi

    बुधवार (भोलि) बिहान १० प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको उद्घाटन गर्ने अस्पताल स्रोतले जनाएको छ ।

    AGNI GROUP

    त्यस्तै नेपालमा कोरोनाविरुद्धको पहिलो खोप अस्पतालका निर्देशक डा.सागर राजभण्डारीलाई लगाइने भएको छ । त्यस्तै कोरोनाविरुद्धको दोस्रो खोप सरुवा रोग विशेषज्ञ डा.अनुप बाँस्तोलालाई लगाइँनेछ । अस्पताल स्रोतका अनुसार त्यसपछि कोरोना विरुद्ध टेकु अस्पतालमा फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई कोरोना विरुद्धको खोप लगाइनेछ ।

    त्यस्तै टेकु अस्पतालमा एक हप्ताको अवधिमा ३ हजार बढी स्वास्थ्यकर्मीहरुलाई खोप लगाइने अस्पतालले जनाएको छ । काठमाडौं उपत्यकाका विभिन्न ११ वटा अस्पतालहरुमा खोप अभियान सञ्चालन गरिनेछ ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, पाटन अस्पताल, वीर अस्पताल, परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल,भक्तपुर अस्पताल,शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र,सशस्त्र प्रहरी बलम्बु अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, काठमाडौं मेडिकल कलेज, शहिद गंगालाल अस्पताल लगायत रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट