Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाल महिला संघ

नेपाल महिला संघका २० केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

नेपाल महिला संघका २० केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

विधान बमोजिम कुनै पनि कार्यक्रम अघि बढाउन नसकेको र संगठनको ओरालो यात्रालाई टुलुटुलु हरेर बस्न उपयुक्त नभएको भन्दै

  • काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला संघका २० केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेहरु शेखर–गगन पक्षका हुन् ।

    onlinepatrika
    Arghakhachi

    राजीनामा दिनेहरुमा चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा.अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जिता गिरी, डा.सिता घिमिरे, तारा थपलिया छन् ।

    AGNI GROUP

    यसैगरी नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, पार्वती चन्द, गिता गुरुङ, रमा अर्याल, लिलाकुमारी नेपाल, राधा कुँवर, सुनिशा भेटवाल र पार्वची आचार्यले पनि राजीनामा दिएका छन् ।

    उनीहरुले अध्यक्षले पारदर्शीरुपमा संगठन चलाउन नसकेको र समस्या समाधानमा पहल नगरेको आरोप लगाएका छन् ।

    महिला संघले विधान बमोजिम कुनै पनि कार्यक्रम अघि बढाउन नसकेको र संगठनको ओरालो यात्रालाई टुलुटुलु हरेर बस्न उपयुक्त नभएको भन्दै केन्द्रीय सदस्यहरुले राजीनामा दिएका हुन् ।

    राजीनामा पत्रमा लेखिएको छ, ‘तमाम विषयहरुमा अध्यक्षज्यूले कुनै सुनुवाई र पहल नगरेका कारण अरु पार्टीको अशक्त भ्रातृसंस्थाको साख र यसको संगठन क्रमशः ओरालो लाग्दै गएको दुःखद अवस्थालाई टुलुटुलु हेरेर बस्न उपयुक्त नलागेको कारण पार्टी र नेपाल महिलासंघको सुदूर उज्ज्वल भविष्यका निमित्त नेपाल महिला संघको केन्द्रीय सदस्य पदबाट सामूहिक राजीनामा दिएका छौं ।’

    पछिल्लो समय बागलुङमा निर्वाचित र कृयाशील अध्यक्ष शकुन्तला शर्मालाई ‘रिक्त’ भन्दै अवैधानिक र अपमानित ढंगले हटाएपछि शेखर–गगन पक्ष थप असन्तुष्ट थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट