
Apr 16 2025 | २०८२, वैशाख ३ गते
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि आज राष्ट्र बैंकले ३० अर्ब निकाल्दैछ । बुधबार फेरि ३० अर्ब रुपैयाँ झिक्नका लागि राष्ट्र बैंकले निक्षेप संकलनको सूचना जारी गरेको हो ।
लामो समयदेखिको अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको सूचनामा उल्लेख गरिएको छ ।
निक्षेप संकलन औजारमार्फत राष्ट्र बैंकमा पैसा राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्नुपर्नेछ । सूचनामा कम्तीमा १० करोड र बढीमा ५ अर्ब रुपैयाँसम्म भाग गरी निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने उल्लेख छ ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij