
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । धनगढी उपमहानगरपालिका–३ भाटभटेनीबाट १३ जुवाडे पक्राउ परेका छन । प्रहरीका अनुसार ४० वर्षीय खडक कुँवरले संचालन गरेको सुदुरपश्चिम रेष्टुरेण्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा कुँवर समेत १३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १२ हजार ३ सय २० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij