Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

प्रेम सम्बन्ध बिग्रिएपछि ब्ल्याकमेलिङ !

प्रेम सम्बन्ध बिग्रिएपछि ब्ल्याकमेलिङ !

  • काठमाडौं । प्रेम सम्बन्ध बिग्रिएपछि प्रेमिकाको तस्वीरबाटै ब्ल्याकमेलिङ गरेको आरोपमा एक युवक (प्रेमी) पक्राउ परेका छन् ।

    images
    images
    images

    पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–४ शान्तपूर्व मार्ग बस्ने २४ वर्षीय आयुष अधिकारी छन् ।

    उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले ललितपुरबाट पक्राउ गरेको हो । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐनको अन्तर्गतको कसुरमा ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

    उनी एक युवतीसँग प्रेम सम्बन्धमा रहेका थिए । प्रेम सम्बन्धमा रहँदा खिचिएका प्रेमिकाको अन्तरंग तस्वीर प्रेम सम्बन्ध बिग्रिएपछि दुरुपयोग गरेको र उक्त तस्वीर पूर्वप्रेमिकालाई समेत पठाउँदै ब्ल्याकमेलिङ गरेको आरोप उनीमाथि छ ।

    प्रेमिकाका तस्वीर र भिडियो समेत सामाजिक सञ्जालमा सार्वजनिक गर्ने भन्दै धम्की दिएको आरोप पनि उनीमाथि छ ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij