Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

देशको आठ महिने आर्थिक क्रान्ति

देशको आठ महिने आर्थिक क्रान्ति

  • काठमाडौं । नेपाल राष्ट्र बैङ्कले देशको आठ महिने आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । बुधबार केन्द्रीय बैङ्कले आर्थिक वर्ष २०८१/८२ को आठ महिने आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो ।

    images
    images
    images

    प्रतिवेदनअनुसार समीक्षा अवधिमा आयात ११ दशमलव २ प्रतिशत र निर्यात ५७ दशमलव २ प्रतिशतले बढेको छ ।

    विप्रेषण आप्रवाह ९ दशमलव ४ प्रतिशतले बढेको छ । शोधानान्तर स्थिति ३ खर्ब १० अर्बले ३७ करोडले बचत हुँदा कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब २७ करोड पुगेको छ ।

    समीक्षा अवधिमा नेपाल सरकारको खर्च ८ खर्ब ३९ अर्ब ३६ करोड हुँदा राजस्व परिचालन ७ खर्ब २० अर्ब ३५ करोड रुपैयाँ रहेको छ । प्रतिवेदनअनुसार बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ४ दशमलव ३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ६ प्रतिशतले बढेको छ ।

    वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९ दशमलव ५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७ दशमलव ७ प्रतिशत रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij