
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ‘प्रहरी ज्यादती’विरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिने भएका छन् ।
सभापति लामिछानेको तर्फबाट पार्टी प्रतिनिधिहरू उजुरी दिन आज (बुधबार) मानवअधिकार आयोग जान लागेको कार्यबाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।
पूर्वउपप्रधान एवम् गृहमन्त्रीलाई गत शुक्रबार राति सुत्न लागेको बेला प्रहरीले पक्राउ गरेका थिए । एक प्रहरी अधिकारीले अन्तिम इच्छा सोधेको भन्दै त्यसमा रास्वपाका नेता–कार्यकर्ताले आपत्ति जनाएका थिए ।
यस घटनालाई रास्वपाले प्रहरी ज्यादती र मानवअधिकार हनन भनेको छ ।
लामिछाने सहकारी ठगी प्रकरणमा तुलसीपुर उच्च अदालतको बुटबल इजलासको आदेशमा पक्राउ परेका हुन् । उनी कारागार चलान भइसकेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij