Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

बैंकिङ प्रणालीबाट ३५ अर्ब तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ३५ अर्ब तान्दै राष्ट्र बैंक

  • काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज चैत २५ गते फेरि बैंकिङ्ग प्रणालीबाट ३५अर्ब तान्ने भएको छ । तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट ३५ अर्ब रुपैयाँ तान्न लागेको हो ।

    images
    images
    images

    आज २३ दिन अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ ।

    इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

    साँवा र ब्याज भुक्तानी मिति वैशाख १७ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

    यसअघि चैत ३ गते ३० अर्ब , ६ गते २५ अर्ब , १० गते २० अर्ब , चैत १३ गते ३० अर्ब , १७ गते २५ अर्ब र चैत २० गते ३० अर्ब तरलता खिचेको थियो

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij