
Apr 07 2025 | २०८१, चैत २५ गते
मुटुका बिरामीको धमाधम अप्रेसन गर्दा सात जनाको मृत्यु
काठमाडौं । लन्डनको चर्चित ‘कार्डियोलोजिस्ट’ भन्दै एक जनाले मुटुका बिरामीको धमाधम अप्रेसन गर्दा सात जनाको मृत्यु भएको छ । भारतको मध्य प्रदेश राज्यको दमोहस्थित एक अस्पतालमा यस्तो घटना भएको हो । यसबारे भारतको राष्ट्रिय मानव अधिकार अयोगमा समेत उजुरी परेको छ ।
दमोहकै दीपक तिवारी नाम गरेका एक जनाले यसबारे उजुरी गरेका हुन् । उनका अनुसार जनवरी र फेब्रुअरीमा गलत व्यक्तिले उपचार गरेका कारण ७ जनाको मृत्यु भएको छ ।
दीपक तिवारीका अनुसार अस्पतालका एक जनाले आफूलाई लन्डनको चर्चित कार्डियोलोजिस्ट डा। एनजोन केम नामबाट चिनाउने गरेको थियो । ती व्यक्तिले जनवरी र फेब्रुअरीमा १५ जनाको मुटुको शल्यक्रिया गरेको, तीमध्ये सात जनाको मृत्यु भएको उनको दाबी छ ।
\नरेन्द्र विक्रमादित्य यादवले बेलायतका प्रख्यात हृदयरोग विशेषज्ञको नाम दुरुपयोग गरेको पाइएको छ । यसबारे स्थानीय प्रशासनले छानबिन गरिरहेको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij