Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

चिकित्सकहरु आन्दोलित

चिकित्सकहरु सडकमा उत्रिए !

चिकित्सकहरु सडकमा उत्रिए !

१९ हजार मात्र तलव दिएको भन्दै

  • काठमाडौं । नेपाल मेडिक कलेज, जोरपाटीका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । आइतबार श्रम शोषणविरुद्ध उनीहरुले काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिए ।

    images
    images
    images

    आन्दोलनर डा.राजु चौधरीले मन्त्रिपरिषद्बाट निर्णय नै भइसकेको विषय कार्यान्वयन नहुनु दुःखद भएको भन्दै सडकमा आउनुपरेको बताए ।

    उनले सरकारले तोके अनुसारको तलबको व्यवस्था नभएसम्म आन्दोलनमा जारी राख्ने प्रतिक्रिया दिए ।

    उनले भने, ‘मन्त्रिपरिषद्बाट नै पास भइसकेका कुरा अर्थात न्यूनतम तलब ४८ हजार नीजि मेडिकलहरुले लागू गरिरहेका छैनन् । त्यसैका विरुद्धमा हाम्रो शान्तिपूण विरोध हो । अस्पतालमा बिरामीको उपचार गर्नुपर्ने ठाँउमा सडकमा आएर आफ्नो कुराहरु राख्ने परिस्थिति छ । यसले हामीलाई चिन्तित बनाएको छ । सरकारले निर्णय गरेर पठाएको कुरा पनि कार्यान्वयन नगर्नु भनेको सरकारले केही गर्न सक्दैँन् भन्नेजस्तो भयो । माग सम्बोधन नभएसम्म हामीले सडकमै हुनेछौं ।

    यस्तै, डा.अनुशा थापाले सरकार र मेडिकल ऐजुकेशन कमिशनबाट यति तलब दिनुपर्ने भनेर तोकिसक्दा पनि अझैसम्म पनि मेडिकल कलेजहरुबाट कार्यान्वयन नभएको भन्दै धर्नामा आएको बताइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij