
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । नेकपा माओवादी केन्द्रले तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाही गर्न माग गरेको छ ।
सोमबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद रेखा शर्माले शाहकै उक्साहटमा घटना भएकोले कारबाही गर्न माग गरेकी हुन् ।
उनले भनिन्, “तीनकुने घटनामा व्यक्तिका निजी घर जलाइएको छ । दुई युवाको हत्या गरियो । त्यस घटनामा कसको हात छ भनि दिउँसोको घामजस्तै छर्लङ्ग छ । कथित जनकमाण्डर दुर्गा प्रसाईंको नेतृत्वमा घटना भयो । यसको पर्दा पछाडि पूर्वराजा ज्ञानेन्द्र शाह छन् । अहिले कानुनभन्दा कोहीमाथि छैन । त्यसकारण कानुनबमोजिम कारबाही होस् ।”
शर्माले मृत्यु भएका दुई युवालाई शहीद घोषणा गर्न पनि माग गरिन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij