
Apr 02 2025 | २०८१, चैत २० गते
आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड गरे पश्चात लुटपाट भएको थियो ।
काठमाडौं । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न रहेको आरोपमा एक भारतीयसहित ९ जना पक्राउ परेका छन् ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईको नेतृत्वमा राजावादी समुहसहितको संयुक्त आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड गरे पश्चात लुटपाट भएको थियो ।
पक्राउ पर्नेमा धनुषाका आशिष सिंह, सर्लाहीका प्रेमकुमार महत्तो, भारतका रविरञ्जन कुमार, नुवाकोटकी सुशिला कुमाल, सुनसरीकी एलिसा राई, कोटेश्वरकी बालकुमारी कार्की, सिन्धुपाल्चोककी निर्मला कार्की, सिन्धुलीकी चित्रमाया बस्नेत र सिन्धुलीकै सुस्मिता बराल छन् ।
उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी बृत्त बानेश्वर पठाइएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij