Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

हिंसात्मक प्रदर्शन

राप्रपा नेता मिश्र, राणा लगायतलाई अदालत लगिँदै

राप्रपा नेता मिश्र, राणा लगायतलाई अदालत लगिँदै

  • काठमाडौं । गत शुक्रवार काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेका आरोपमा पक्राउ परेका माथी मुद्धा चलाइने भएको छ ।

    images
    images
    images

    शुक्रबार राति पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालगायतलाई अदालतमा उपस्थित गराएर मुद्धा चलाइन लागिएको हो ।

    राप्रपाका दुई नेता, स्वागत नेपाल, पुष्कर खतिवडा लगायतलाई अहिले केहीबेरमा म्याद थपका लागि अदालत लगिँदैछ । मिश्र, राणा र स्वागत नेपाल गत शुक्रबार राति पक्राउ परेका थिए भने कथित धार्मिक गुरु पुष्कर खतिवडा शनिबार पक्राउ परेका हुन् ।

    जो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर काठमाडौं परिसरको जिम्मा लगाएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij