
Apr 01 2025 | २०८१, चैत १९ गते
काठमाडौं । भारतीय स्ट्याण्ड-अप कमेडियन कुणाल कामरामाथि महाराष्ट्रको सिएम एकनाथ शिंदेमाथि आपत्तिजनक टिप्पणीको मामिलामा उजुरी दर्ता भएको छ ।
मुम्बई पुलिसले भारतीय न्याय संहिताको धारा ३५३ (१)(बि) (अशान्ति भड्काउने बयान) र ३५६ (२) (मानहानि) को उजुरी दर्ता गरिएको हो ।
त्यस्तै कामराको स्टुडियो तोडफोड गर्ने शिंदे गुटको शिवसेनाको ४० कार्यकर्तामाथि पनि उजुरी दर्ता भएको छ । भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार आइतबार कामराले एक भिडिओ पोस्ट गरेका थिए, जसमा सिएम शिंदेको मजाक उजाइएको थियो ।
त्यसपछि शिंदे गुटको कार्यकर्ता भड्केका थिए । उनीहरूले मुम्बईको खार इलाकामा बनेको स्टुडियो 'द युनिकोन्टिनेन्टल' तोडफोड गरेका हुन् ।
हाल कमेडी क्लब बन्द गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij