Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

  • काठमाडौँ । हात्तीको आक्रमणबाट मोरङको लेटाङस्थित चारकोशे झाडीको जंगलमा एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    सोमबार बिहान लेटाङ नगरपालिका ९ स्थित घरबाट माछामार्न निस्किएका ४२ वर्षीय मनबहादुर लिम्बूको शव राति करिब ९ बजे जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बिहान घरबाट माछा मार्न घरबाट निस्किएका लिम्बू अबेरसम्म नफर्किएपछि खोजी गर्दा शव घरबाट करिब ५ किलोमिटर दक्षिण जंगलमा भेटिएको बताए । मोरङ प्रहरी प्रवक्ता जोशीका अनुसार परिवारले खोजी गर्दै गर्दा लिम्बूको शव भेटिएको हो ।

    घटनाबारे जानकारी पाएको इलाका प्रहरी कार्यालय लेटाङबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । घोप्टो परेको अवस्थामा भेटिएको शव नजिक हात्तीको डोवहरु भेटिएको कार्यालयका प्रहरी निरीक्षक राकेश रेग्मीले जानकारी दिए । शवनजिक एउटा साइकलसमेत बरामद भएको उनले जानकारी दिए ।

    साइकलमा कोदालो र झुलसमेत रहेको उनले बताए । घटनाबारे अनुसन्धान भइरहेको जनाएको प्रहरीले शवलाई रातीनै पोष्टमार्टमका लागि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल एवम् ट्रमा सेन्टरमा पठाएको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij