Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

शीर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडमा चोरी !

शीर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडमा चोरी !

  • काठमाडौं । डडेल्धुराको शीर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडमा रकम चोरी भएको एक वर्षपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेमा सहकारीका अध्यक्ष बिरेन्द्र बिष्ट, प्रबन्धक हरिशप्रसाद भट्ट, सहायक प्रबन्धक सुमित्रा भट्ट लगायत अन्य सहकारीसँग आबद्ध व्यक्तिहरू पनि रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालयमा लगिँदै छ । प्रारम्भिक अनुसन्धानको क्रममा चोरीमा उनीहरू संलग्नता देखिएकोले थप अनुसन्धान जारी थालिएको डीएसपी श्रेष्ठले बताए ।

    गत चैत २३ मा परशुराम नगरपालिका–४ कटालस्थित उक्त सहकारीको कार्यालयबाट ११ लाख १३ हजार चोरी भएको थियो । कार्यालयको पछाडिको ढोका खोलेर नगद राखिएको लकर फुटाइ रकम चोरी भएको थियो । सीसीटीभी फुटेजको आधारमा अनुसन्धान जारी राखिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij