Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

चिनी उद्योगलाई फागुनमै उखु अभाव

चिनी उद्योगलाई फागुनमै उखु अभाव

  • काठमाडौं । एक दशकअघिसम्म वैशाखसम्म चिनी उच्पादन गर्ने उद्योगलाई अहिले फागुनमै उखु अभाव खेप्नु परेको छ ।

    images
    images
    images

    महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिज (बोलीचालीमा एभरेष्ट चिनी उद्योग, एभरेष्ट चिनी मिल) लाई यसपालि क्रसिङ व्यस्त हुनपर्ने फागुनमै उखु अभाव खेप्नु परेको छ । एक दशकअघिको तुलनामा खेती निकै घटेपछि उद्योगमा चाँडै उखु अभाव भएको हो ।

    एकदशक अघि जिल्लामा १५ हजार बिघा नाघेको उखुखेती पछिल्ला चार-पाँच वर्षयता ओरालो लाग्दै अब आठ हजार बिघाको सेरोफेरोमा आएको छ । यो पनि पछिल्ला तीन वर्षयता उद्योगले उखुको भुक्तानी क्रमशः सहज बनाउँदै लगेपछि बढेको खेतीले अहिले आठ हजार बिघा पुगेको उखु उत्पादक किसान सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवावाहाले बताए ।

    वैशाखसम्म उखु क्रसिङ् हुने उद्योगमा अहिले फागुनमै उखु अभावले पूर्ण क्षमतामा क्रसिङ् हुनसकेको छैन । यसपालि गत मङ्सिर २६ गते क्रसिङ् सुरू भएको उद्योगमा ‘नो क्यान’ (उखु अभाव) ले कैयौँ दिन क्षमता घटाएर क्रसिङ् गर्नुपरेको उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाले बताए ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij