Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपालकै सबै भन्दा पुरानो वीर अस्पतालको निर्देशक नियुक्तिको विषयलाई लिएर अहिले लफडा सुरु भएको छ ।
वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलको कार्यकाल सकिएपछि अस्पतालको निमित्त निर्देशकको रूपमा वरियात मिचेर स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस निकट डा.समाज गौतमलाई निमित्तको जिम्मेवारी दिएका थिए ।
वीर अस्पतालको निर्देशकका लागि न्याम्सले ३ जनाको नाम सिफारिस गरेको थियो । वरिष्ठता र विज्ञताको हिसाबले न्याम्सले ३ जनाको नाम सिफारिस गरेको भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिसको तेस्रो नम्बरमा रहेका डा.दिलीप शर्मालाई निर्देशक बनाउन स्वास्थ्य मन्त्री पौडेललाई दबाब दिएका छन् ।
न्याम्सले डा. अनुपमा कार्की, डा. समाज गौतम र डा दिलीप शर्मालाई सिफारिस गरेको न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेतले सहकुलपति मन्त्री पौडेल समक्ष तीन जनाको नाम सिफारिस गरेका थिए ।
हाल स्वास्थ्य सचिवमा बढुवा भएका डा .विकास देवकोटा नेपाली कांग्रेस निकट हुन् । दक्षता र वरिष्ठताको हिसाबले डा. संगीता मिश्रा सचिवमा बढुवा हुनु पर्ने भएपनि स्वास्थ्य मन्त्री पौडेलले आफू निकट डा. देवकोटालाई स्वास्थ्य सचिव बनाएपछि प्रधानमन्त्री ओलीले आफू निकट रहेका वरिष्ठ कलेजो रोग विशेषज्ञ डा.शर्मालाई निर्देशक बनाउन दबाब दिएको स्वास्थ्य मन्त्री निकट स्रोतले जानकारी दियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij