
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं उत्रिँदा समर्थकहरूले नाराबाजी गर्दै स्वागत गरेका छन् । शाह पोखराबाट काठमाडौंका लागि समिट एयरको जहाजमार्फत आइतबार अपराह्न त्रिभुवन विमानस्थल उत्रिएका थिए ।
पोखरामा राजावादीहरूले उनलाई पञ्चेबाजासहित बिदाइ गरेका थिए । विमानस्थल अगाडि समर्थकहरू जम्मा भई राजसंस्थाको पक्षमा र सरकारका विरुद्ध प्रदर्शन गरेका थिए ।
उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाललगायत दलका कार्यकर्ता र राजतन्त्र समर्थकहरूले भव्य स्वागतको तयारी गरेका छन् । विमानस्थलको द्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजाले आफ्नो समर्थकहरूको अभिनन्दनको स्वीकार गरेका थिए ।
यता, अप्रिय घटना नहोस् भनेर काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij