Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

पत्रकार बराल पुरस्कृत

पत्रकार बराल पुरस्कृत

  • काठमाडौं । प्रेस क्लब पत्रकारिता पुरस्कार–२०८१ बाट कृष्णमणि बराल सम्मानित भएका छन् । शनिबार प्रेस क्लब गण्डकीले आयोजना गरेको समारोहमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नगद ५० हजार र सम्मानपत्रसहित बराललाई सम्मान गरे ।

    images
    images
    images

    पत्रकारितामार्फत समाजको बृहत्तर हितमा योगदान पु¥याएको कदरस्वरुप प्रेस क्लब गण्डकीको कार्यसमिति बैठकले पोखराका पत्रकार बराललाई उक्त पुरस्कार दिने निर्णय गरेको संस्थाका अध्यक्ष एकराज गिरीले जानकारी दिए । यो पुरस्कार प्राप्त गर्ने बराल पहिलो हुन् ।

    पुरस्कृत पत्रकार बराल अन्नपूर्ण पोस्ट दैनिकमा २ दशकदेखि संवाददाता/फोटो पत्रकार रुपमा आबद्ध छन् । उनी ४ वर्षयता बिबिसी नेपाली सेवामा पनि रिपोर्टिङ गर्दै आएका छन् । उनले यसबाहेक कैयौं पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij