Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

ट्रक र स्कार्पियो ठोकियो, गाडी क्षतविक्षत, ५ जना घाइते

ट्रक र स्कार्पियो ठोकियो, गाडी क्षतविक्षत, ५ जना घाइते

  • काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिकामा आज बिहान स्कार्पियो र मालवाहक ट्रक ठोक्किँदा पाँच जना घाइते भएका छन् । स्कार्पियो क्षतविक्षत बनेको छ ।

    images
    images
    images

    मंगलवार बिहान ८:२० बजे चन्द्रपुर ५ चाँदीपुलस्थित चपुरबाट सर्लाही तर्फ जाँदै गरेको ना.४ च. ३६९४ न.को स्कारर्पिओ र बिपरित दिशाबाट आउँदै गरेको बा.प्र.०१-००६ ख.५७ २९ न.को ट्रक एक आपसमा ठाेक्किएका थिए ।

    ठक्करबाट स्कार्पियोमा सवार स्थानीय मौलापुर नगरपालिका- ३ का सुदीप कुमार यादवको टाउको मुख र निधारमा चोट लागेको छ । दुर्गा भगवती गाउँपालिका ५ का प्रशान्त ठाकुरको बाँया हात, दाहिने आँखामा चोट लागेको छ। दुर्घटनामा स्कारपियाे चालकसहित पाँच जना घाइते भएका हुन् । उनीहरू सबै खतरामुक्त रहेकाे जनाएकाे छ ।

    घाइतेहरुलाई उपचारकोलागि चन्द्रपुर अस्पतालमा  पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको ट्रक र ट्रक चालक दोलखा जिरी नगरपालिका ४ बस्ने बर्ष २८ को फुरी तामाङ र स्कार्पियो ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको तथा अनुसन्धान भइरहेको इन्स्पेक्टर तामाङले जानकारी दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij