Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

शान्दार म:ममा भएको ग्यास विष्फोटका २ घाइतेको निधन

शान्दार म:ममा भएको ग्यास विष्फोटका २ घाइतेको निधन

  • काठमाडौं । शान्दार म:म, ज्ञानेश्वरमा ग्यास विष्फोट हुँदा घाइते भएका ११ मध्ये दुईको निधन भएको छ । गत माघ २४ गते बिहीबार विहान ग्यास सिलिन्डर चुहावटका कारण विष्फोट भएको थियो ।

    images
    images
    images

    घाइतेमध्ये रविन राई र भीमबहादुर घलेको उपचारका क्रममा सोमबार निधन भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।

    घाइतेहरुलाई उपचारका निम्ति कीर्तिपुरस्थित जलन अस्पताल लगिएको थियो । केही घाइते स्वास्थ्यलाभ गरी घर फर्किएका छन् । केही घाइतेको उपचार जारी रहेको जिल्ला प्रहरी प्रवक्ता बोहराले बताए । उनका अनुसार अन्य घाइते खतरामुक्त छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij