
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस दिनेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भ्रष्टाचारसम्बन्धी मुद्दाका प्रतिवादी दिपेश यादवविरुद्ध ७८ हजार बिगो कायम गर्दै आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार भ्रष्टाचारसम्बन्धी मुद्दामा प्रतिवादी वीरेन्द्र साह कानुन भएको घुस/रिसवत लिइ भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीका रुपमा यादवलाई अनुसन्धान अधिकृतसमक्ष पेश गरिएको थियो । उनले अनुसन्धान अधिकृतसमक्ष दिएको बयान कागजको प्रतिकूल हुनेगरी बकपत्र दिएपछि उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा अनुसन्धान हुँदा निज यादवले वकपत्र गर्दा आयोगमा अनुसन्धानको क्रममा गरेको बयान व्यहोराको प्रतिकूल हुनेगरी बकपत्र गरेको पुष्टि हुन आएपछि उनीविरुद्ध आज विशेष अदालतमा आरोप -पत्र दायर गरेको अख्तियारले जनाएको छ ।
प्रतिवादी साह कानुनलाई रकम भुक्तानी दिए वाफत घुस/रिसवत रकम ७८ हजार दिएको कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २ को उपदफा (३) बमोजिमको कसूर भएको हुँदा यादव र साहलाई ७८ हजार बिगो जरिवाना र सजायको माग गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij