
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । काठमाडौं बूढानीलकण्ठको एक घरमा छापा हानेर प्रहरीले २३ जनालाई पक्राउ गरेको छ । आइतबार साँझ छापा हान्दा पक्राउ पर्नेको संख्या २३ पुगेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनलाइन जुवा, क्रिप्टो लगायत कारोबार गरेको आरोपमा छापा हानेको थियो । भारत बिहार राज्य बाका घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका–३ गैरीगाउँ बस्ने २२ वर्षीय वकिल कुमार यादव समेत २३ जनालाई पक्राउ गरिएको परिसरले जनाएको छ । प्रहरीले उनीहरूलाई नगद ८१ हजार रूपैयाँ, विभिन्न कम्पनीका मोबाइल ८८ थान र ल्यापटप १० थानसहित पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij