Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

गृहमन्त्रीसँग केबुलकार विरोधी समूहले वार्ता नगर्ने , आन्दाेलन घाेषणा

गृहमन्त्रीसँग केबुलकार विरोधी समूहले वार्ता नगर्ने , आन्दाेलन घाेषणा

  • काठमाडौं । पाथीभरा क्षेत्रमा  आन्दाेलनरत  पक्षले गृहमन्त्री रमेश लेखकसँग  तत्काल  छलफल नगर्ने  भएका छन् । एमाले सचिव  तथा ताप्लेजुङका सांसद योगेशकुमार भट्टराईकाे समन्वयमा मन्त्री लेखकसँग छलफल  गर्ने तयारी भएकाे थियाे । 

    images
    images
    images

    साेमबार  ६ बजे दुवै पक्षबीच छलफलका लागि समय  व्यवस्थान भएकाे थियो । तर पहिला राजनीतिक  नेतृत्वसँग छलफल गर्ने भनेका आन्दाेलनकारीले नै मन्त्री लेखकसँग छलफल गर्न पछाडि हट्ने स‌ंकेत गरेका छन् । किराँत याक्थुङ चुम्लुङका कार्यवाहक महासचिव यासेली योङहाङले गृहमन्त्रीसँग भेटवार्ता 'नो केबुलकार' पक्षबाट नहुने बताए । ‘गृहमन्त्रीसँग भेटवार्ताको जो कुरा छ, हामीले भेटवार्ता गर्ने भनेका छैनौँ र हामी जाँदैनौँ,’ उनले शिलापत्रसँग भने ।

    ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा)मा केबुलकार निर्माण खारेजीको माग गर्दै आएको ‘नो केबुलकार’ पक्षले डेढ साता लामो आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । सरकारले केबुलकार निर्माण खारेजी नगरेको भन्दै असन्तुष्ट ‘नो केबुलकार’ पक्षले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । 

    २२ माघमा गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई संयोजक रहेको सरकारी वार्ता टोली र नो केबुलकार पक्षबाट वार्ता सहजीकरण गर्न गठित समितिबीच छबुँदे सहमति भएको थियो । सहमतिअनुसार केबुलकार निर्माण कार्य स्थगन नभएको भन्दै आन्दोलनरत पक्षले सरकारी वार्ता टोलीमाथि प्रश्न उठाउँदै आएको छ । मन्त्रीस्तरीय वार्ता समिति गठनको माग पनि गर्दै आएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij