Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सरकारी स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले षधि उत्पादनका लागि आवश्यक कुशल उत्पादन अभ्यास (जिएमपी) प्रमापणपत्र पाएको छ ।
'उद्योगले औषधि उत्पादन कुशल अभ्यासको प्रमाणपत्र पाउँ भनि मिति २०८१/०२/०७ मा यस कार्यालयमा निवेदन दिनु भएकोमा यस कार्यालयबाट खटिएको विज्ञबाट संहिता ७७ को उपसंहिता (४) बमोजिम जाँचबुझ, अवलोकन तथा निरीक्षण गर्दा देहाय बमोजिमको उत्पादनमा यस संहिता बमोजिम औषधि उत्पादनको कुशल अभ्यास कायम गरेको पाइएकोले यो प्रमाणपत्र प्रदान गरिएको छ,' विभागले लिमिटेडलाई उपलब्ध गराएको प्रमाणपत्रमा उल्लेख छ ।
लिमिटेडका अध्यक्ष यज्ञप्रसाद न्यौपानेले लिमिटेडका लागि यो ठूलो उपलब्धि भएको भन्दै आगामी दिनमा देशमा आवश्यक पर्ने थप उत्पादन गर्दै जाने बताए ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij