Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

आईपीओ निष्काशन गर्दै केटिएम हस्पिटालिटी

आईपीओ निष्काशन गर्दै केटिएम हस्पिटालिटी

  • काठमाडौं । केटिएम हस्पिटालिटी लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ । 

    images
    images
    images

    माघ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि प्रथम वार्षिक साधारण सभा आव्हान गर्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

    सभाले कम्पनीको पुँजी संरचना अनुसार आईपीओ निष्काशन गर्ने र त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । पुँजी वृद्धि हुने भएकाले प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधनको प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

    साथै, गत आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्दै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउने छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij