
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । तनहुँमा आज एकाबिहानै मोटरसाइकल दुर्घटना हुँदा आमाछोराको मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ बेलभन्ज्याङमा गण्डकी प्रदेश०३-००१ प ०३१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा आमाछोराको मृत्यु भएको हो ।
दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको उक्त मोटरसाइकल अनियन्त्रित भई सडकबाट खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
उक्त दुर्घटनामा परेर तनहुँको ऋषिङ गाउँपालिका-६ चालिसे घर भई हाल व्यास नगरपालिका-५ पाटन बस्ने १९ वर्षीय सन्दीप आले र ४० वर्षीया मधुमाया आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी अशोक थापाले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij