
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । तनहुँ कारागारमा रहेका कैदीबन्दीले मुढा बिक्री गरेर आम्दानी गरेका छन् । विभिन्न अपराधमा जेल सजाय भोगिरहेका कैदीबन्दीले मुढा बिक्री गरेर आम्दानी लिन थालेका हुन् ।
कारागारमा रहेका तीन सयभन्दा बढी कैदीबन्दीमध्ये करिब एक सयले मुढा बुन्दै आएको कारागार प्रमुख नारायण अधिकारीले जानकारी दिए । कारागारमा उत्पादित मुढा दमौलीबजारमै बिक्री भइरहेको उनले बताए ।
उनले भने,कैदीबन्दीहरूले मुढा बुनेर आम्दानी गरिरहेका छन्, यहाँ उत्पादित मुढाको माग दमौली बजारमै छ, एउटा गाडीमा राखेर मुढा बिक्री वितरणको व्यवस्था मिलाइएको छ । कैदीबन्दीले उत्पादन गरेका मुढा न्यूनतम् रु तीन सय ७५ देखि रु एक हजारसम्म बिक्री हुने गरेको छ । एक जना कैदीबन्दीले मुढा बुनेर रु चार हजारदेखि रु पाँच हजारसम्म आम्दानी गरेको अधिकारीको भनाइ छ ।
अधिकारीका अनुसार कैदीबन्दीले मुढा बनाउने, टायल राख्ने, बिट मार्नेलगायत काम गर्ने गरेका छन् । उनले भने,विभिन्न अपराधमा जेल सजाय भोगिरहेका कैदीबन्दीलाई आय आर्जनतर्फ जोड्न प्रेरित गरिरहेका छौं, कैदीबन्दीले मुढा बिक्री गरेर घरमा खर्च पठाउने गरेका छन् । कारागारमा यत्तिकै दिन बिताउनुभन्दा केही न केही सीप हासिल गरेर आम्दानीतर्फ जोड्ने प्रयासमा छौं ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij