Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा सचिव पोखरेल नियुक्त

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा सचिव पोखरेल नियुक्त

  • काठमाडौं । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्राधिकरणको अध्यक्षमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल नियुक्त गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    सहकारी मन्त्रालयका सचिव पोखरेललाई नै कामकारबाही गर्नेगर प्राधिकरणको पहिलो अध्यक्ष तोकेको एक मन्त्रीले जानकारी दिए ।

    प्राधिकरणका अन्य सदस्यहरू मन्त्रालयकै सिफारिसमा नियुक्त गर्ने तयारी रहेको समेत उनले जानकारी दिएका छन् । सरकारले अध्यादेश मार्फत सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्दै राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनको बाटो खोलेको थियो ।

    सोही अनुसार संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्रको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न प्राधिकरण स्थापना गरिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij