
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । रौतहट प्रहरीले लागु औषध खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित हाइवे ट्रामा हस्पिटल नजिकैबाट स्थानीय प्रचण्ड बहादुर थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई चेक जाँच गर्दा १ ग्राम खैरो हिरोइन फेला परेको र उनी विरुद्ध लागू औषध मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान कार्य भइरहेको निमित्त सूचना अधिकारी राम कुमार महतोले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij