
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले देश विकासको प्रमुख आधार शिक्षा भएकाले कुल बजेटको २० प्रतिशत यो क्षेत्रमा विनियोजन गर्नुपर्ने बताएका छन् ।
गोरखा नगरपालिका ८ आहास्थित सरस्वती माध्यमिक विद्यालयको स्वर्ण जयन्ती सोमबार उद्घाटन गर्दै दाहालले आफू प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरेको दाबी गरे । भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले पनि पार्टीको शिक्षा नीति थप प्रष्ट पारेको उनको भनाइ छ ।
सामुदायिक विद्यालयमा पर्याप्त विद्यार्थीसहित गुणस्तरीय शिक्षा प्रदान गर्नु आजको महत्त्वपूर्ण पक्ष हो,उनले भने,पछिल्लो समय धेरै सामुदायिक विद्यालयले प्रगति गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij