Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

स्वदेशी वस्तुको प्रयोग गर्न महासङ्घको आग्रह

स्वदेशी वस्तुको प्रयोग गर्न महासङ्घको आग्रह

  • काठमाडौं । सार्वजनिक निकायमा स्वदेशी वस्तुहरूको प्रयोग अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयन गराउन सबै जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घ तथा आफ्ना सम्पूर्ण सदस्यलाई नेपाल उद्योग वाणिज्य महासङ्घले आग्रह गरेको छ ।

    images
    images
    images

    नेपाल उद्योग वाणिज्य महासङ्घको आग्रहमा सरकारले ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१’ पारित भएको र यो निर्णय स्वागतयोग्य रहेको महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको भनाइ छ ।

    सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी स्वदेशी वस्तुको उत्पादन, रोजगारी सिर्जना, आयात व्यवस्थापन तथा उत्पादित वस्तुको बजार प्रवर्द्धन गर्न र सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगलाई प्रभावकारी बनाउन ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका –२०८१’ जारी गरेको हो ।

    सरकारको यो निर्णयबाट स्वदेशी उत्पादन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गर्दै महासङ्घले आफ्ना सबै सदस्यहरूमा सम्भव भएसम्म नेपाली उत्पादनको प्रयोग र प्रवर्द्धन गर्न आग्रह गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij