
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । लोकसंस्कृति प्रवर्द्धनको सारस् पहिचान, पर्यटन र समृद्धिको आधार” भन्ने नाराका साथ माघ १० देखि २० गतेसम्म धादिङबेसीमा हुने पहिलो लोक साँस्कृतिक महोत्सव २०८१ को तयारी धमाधम हुँदै छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङले महोत्सवको आयोजना गर्न लागेको छ । रैथाने मौलिक लोक संस्कृति तथा सांस्कृतिक पहिचानको प्रवद्र्धन र परम्पराको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक दिपक कोइरालाले सञ्चारकर्मीहरुसँग बताए ।
शनिबार महोत्सवको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङका अध्यक्ष कमला गैरे, भरत बराकोटी लगायतका आयोजक टिम र सामुदायिक संचार तथा विकास केन्द्र धादिङका कोरालाको टिमले महोत्सवमा एकसय स्टल हुने, १ लाख दर्शकले अवलोकन गर्ने, र तीन करोडको कारोबार हुने लक्ष्य राखेको जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij