Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

पछिल्लो समयमा चराको बासस्थान लोप हुँदै

पछिल्लो समयमा चराको बासस्थान लोप हुँदै

  • काठमाडौँ । राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ती नदीबाट जलमा आश्रित चरा गणना आजदेखि सुरुआत गरिएको छ । मध्यवर्ती क्षेत्रअन्तर्गत बाँकेको राप्ति नदीबाट गणना सुरु गरिएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए ।

    images
    images
    images

    प्रत्येक वर्षझैँ यस वर्ष पनि राप्ती नदीबाटै जलचराको गणना सुरु गरेका छौँ, उनले भने,यो नदीमा प्रायः यहाँका रैथानेसँगै आगन्तुक चरा आश्रित हुन्छन् । निकुञ्ज प्रमुख कँडेलका अुनसार यस वर्ष चरा गणनाका क्रममा पहिलो दिनमै विभिन्न प्रजातिका चरा क्यामेरामा कैद भएका छन् । चरा गणनाका लागि राप्तीमा पुगेका चराविद् राम शाहीले पछिल्लो समयमा चराको बासस्थान लोप हुँदै गइरहेको बताए ।

    नदी, सिमसार क्षेत्र तथा जलासयमा मानवबाट हुने गतिविधिले गर्दा चराको बासस्थान लोप हुन पुगेको उनको भनाइ छ । खोलानाला र नदीमा गरिने मानवीय गतिविधि चराको हितमा नभएकाले चराको बासस्थान लोप हुँदै गइरहेको छ, उनले भने । विगत तीन वर्षदेखि हरेक हिउँदे याममा चरा गणना गरिँदै आएकामा यस वर्ष पनि चरा गणनालाई निरन्तरता दिइएको संरक्षणकर्मी आशिष चौधरीले बताए ।

    उनका अनुसार बाँकेका नदी, सिमसार क्षेत्र तथा जलासयमा आगन्तुक चराको समेत बासस्थान रहेको पाइएको छ । चराको बासस्थानमा भइरहेका निर्माणकार्य, जथाभावी रूपमा भइरहेको विषादीको प्रयोग, मानिसको बढ्दो आवतजावतका कारण चराको बासस्थान लोप भएर सङ्ख्या घट्दो रहेको संरक्षणकर्मी चौधरीले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij