
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । उपन्यासकार तथा पत्रकार श्रीधर खनालको ९४ वर्षको उमेरमा बिहीबार बिहान आफ्नै निवासमा निधन भएको छ । उनी केही समय यताबाट अस्वस्थ थिए । दिवंगत खनालको बिहीबार दिउँसो पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको उनको परिवारले जनाएको छ । ब्रजेस चलचित्र लेखक तथा निर्देशक हुन् ।
लेखक श्रीधर खनालले दीर्घबाहु उपनामबाट उपन्यास लेख्ने गर्थे । उनी नेपाली जासुसी उपन्यासका सशक्त सर्जक थिए । श्रीधरले लेखेका उपन्यासहरू ६ औँले मान्छे, बाह्र बजेको घण्टी, मुर्कुट्टा लास, मेजरको सर्प, बिखालु इच्छा पत्र, पानको गुलाम, नाङ्गिएकी सुन्दरी पाठकले मन पराएका कृति हुन् । उनका अरू पनि केही लोकप्रिय उपन्यास छन् । जसमध्ये शब्दभेदी लडाई उनको सबैभन्दा लोकप्रिय जासुसी उपन्यास हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij