Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

रक्तचन्दन तस्करीमा संलग्न माओवादी नेता सहित दुई जना पक्राउ

रक्तचन्दन तस्करीमा संलग्न माओवादी नेता सहित दुई जना पक्राउ

  • काठमाडौं । चार सय ३१ किलो रक्त चन्दनसहित सिन्धुपाल्चोकका माओवादी नेता ज्ञानबहादुर तिमल्सिनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    बलेफी गाउँपालिका–८ का स्थानीय माओवादी नेता तिमल्सिना र काठमाडौँ १४ का रमेश थापालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु प्रहरी टोलीले पक्राउ गरेको छ । तिमल्सिना र थापाले रक्त चन्दन कहाँबाट ल्याएका हुन भन्नेबारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । 

    यसअघि तस्करहरूले २०६० को दशकतिर भारतबाट अवैध रूपमा नेपालको अरनिको सडक बाटो हुँदै चीनको खासामा रक्त चन्दन पुर्याउने गरेको प्रहरीको तथ्याङ्क छ । अवैध मानिएको रक्त चन्दनसहित तिमल्सिना पक्राउ परेपछि तातोपानी नाकाबाट तस्करीको रूपमा रक्त चन्दन निर्यात हुने गरेको तथ्य खुलेको छ । भारतबाट तिमल्सिना र उनको समूहले यसअघि पनि ठुलो परिणाममा रक्त चन्दन खासातर्फ तस्करी गरेको खुल्न आएको थियो । 

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यकानुसार तिमल्सिना र थापालाई गैर कानुनी रूपमा अवैध वन पैदावार रक्त चन्दन कारोबार गर्न लागेको प्रहरीलाई गोप्य सूचना मिलेको थियो । 

    प्रहरीले खोजतलास गर्दा तिमल्सिनालाई पेप्सीकोलास्थित डेराबाट उक्त परिणामको रक्त चन्दनसहित माघ १ गते बेलुकी ७ बजे पक्राउ गरेको थियो । प्रहरीले उनीहरूलाई अहिले डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँमा राखिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ । 

    रक्त चन्दन विश्व वन्यजन्तु तथा वनस्पतिको नियमन गर्ने अभिसन्धि (साइटिस)को अनुसूची–२ मा सूचिकृत वनस्पति हो । साइटिसको अनुसूची–२ मा सङ्कटापन्न वनस्पतिलाई राखिन्छ, जसको ओसारपसार प्रतिबन्धित हुन्छ । नेपाल पनि साईटिस सन्धिको हस्ताक्षरकर्ता देश हो ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij