Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

भिरबाट लडेर अड्किएका विदेशी नागरिकको उद्धार

भिरबाट लडेर अड्किएका विदेशी नागरिकको उद्धार

  • काठमाडौं । भिरबाट लडेर अड्किएका एकजना विदेशी नागरिकलाई नेपाल प्रहरीले उद्धर गरेको छ ।

    images
    images
    images

    सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका–३ टोकटोक र बैंकरबीच स्थित रहेको जंगलमा जर्मन नागरिक वर्ष ४१ को माइकेल हेनरिच भिरबाट लडेर घाइते भएका हुन् ।

    बिहीबार सगरमाथा आधार शिविर भ्रमण गरी लुक्लातर्फ फर्कने क्रममा बाटो अलमलिई खच्चड हिँड्ने पुरानो बाटोबाट हिँडि चिप्लिएर अन्दाजी ५/६ मिटर तल भिरमा अल्झिएको प्रहरीले जनाएको छ।

    सो सम्बन्धी खबर प्रहरी चौकी नाचिपाङमा फाक्दिनमा प्राप्त हुना साथ प्रहरी सहायक निरीक्षक बहादुर खड्काको कमाण्डमा प्रहरी टोली खटी गई प्रहरी र स्थानीयसमेतको सहयोगमा उद्धार गरिएको हो। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij