
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । कपिलवस्तुमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन ।
वाणगंगा नगरपालिका वडा नम्बर ११ स्थित भित्री सडकखण्डमा गएराति दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका ३५ वर्षीय नेहामन अली र सैनामैना-४ बस्ने वर्ष २७ को रोमन थारु रहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij